• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा एक महिलाको मृत्यु

    • lumbinisanjal
    • २०८१ चैत्र १३, बुधबार १४:२८
    2.7K
    SHARES
    बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा एक महिलाको मृत्यु

    गुल्मी ,१३ चैत । गुल्मीमा बाँदर भगाउन राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा मुसीकोट नगरपालिका-७ पल्टार बस्ने ६० वर्षीया चन्द्रकला कुमाल रहेकी छिन्। उनको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

    सोही ठाउँस्थित आफ्नै बारीमा बाँदर भगाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर कुमाल गम्भीर घाइते भएकी थिइन्। उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



    lumbinisanjal   
  • २०८१ चैत्र १३, बुधबार १४:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP