• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आफ्नै भवनमा जिल्ला समन्वय समिति रूपन्देही, प्रमुख चपाईद्वारा उद्घाटन

    • lumbinisanjal
    • २०८३ बैशाख ३१, बिहीबार २१:२५
    286
    SHARES
    आफ्नै भवनमा जिल्ला समन्वय समिति रूपन्देही, प्रमुख चपाईद्वारा उद्घाटन

    बुटवल ,३१ वैशाख । जिल्ला समन्वय समिति रूपन्देहीले अवदेखि आफ्नै प्रशासनिक भवनबाट सेवा सञ्चालन सुरु गरेको छ । ओमसतीया गाउँपालिका–३ स्थित नवनिर्मित भवनबाट आजदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरिएको हो ।

    नवनिर्मित भवनको समुद्घाटन जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईले गरेका हुन् । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख चपाईले आफ्नै भवनबाट सेवा सञ्चालन हुनु जिल्ला समन्वय समितिका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।

    उनले स्थानीय तहबीच समन्वय, विकास निर्माणको प्रभावकारी अनुगमन तथा जनतामुखी सेवा प्रवाहलाई अझ सुदृढ बनाउन नयाँ भवनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकारहरूबीच सहकार्य, पारदर्शिता र उत्तरदायित्व बढाउँदै जिल्लाको समग्र विकासलाई तीव्रता दिन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा ओमसतीया गाउँपालिका , सिद्धार्थनगर नगरपालिका लगायत नजिकका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले स्थानीय तहका संस्थाहरू आफ्नै भौतिक संरचनाबाट सञ्चालन हुनु संघीयताको सफल कार्यान्वयनको महत्वपूर्ण आधार भएको बताए। उनले व्यवस्थित कार्यालय भवनले सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उल्लेख गर्दै विकास र सुशासनका लागि स्थानीय तहबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नयाँ भवनबाट सेवा सञ्चालन सुरु हुनु स्थानीय सरकारको संस्थागत विकास र सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण कदम भएको बताइन्। उनले नागरिकले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण हुनु सकारात्मक पक्ष भएको उल्लेख गरिन्।

    त्यस्तै ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले आफ्नै भवनबाट सेवा सञ्चालन हुनु समग्र ओमसतिया गाउँपालिकाकै गौरवको विषय भएको बताउँदै स्थानीय तहबीच समन्वय र सहकार्य अझ मजबुत बन्ने विश्वास व्यक्त गरिन् । उनले विकास, सुशासन र नागरिकमैत्री सेवामा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन्।

    कार्यक्रममा सहभागीहरूले नयाँ भवनबाट सेवा सञ्चालन सुरु हुनु जिल्लाको प्रशासनिक व्यवस्थापन र सेवा प्रवाहका लागि सकारात्मक कदम भएको बताएका थिए । कार्यक्रमम्क सञ्चाकन शाखा अधिकृत सुरेश भण्डारीको रहेको थियो ।



    lumbinisanjal   
  • २०८३ बैशाख ३१, बिहीबार २१:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP