• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बिहे गरेको १ बर्ष नपुग्दै एलिना चौहानले सम्बन्धबिच्छेदको मुद्दा दर्ता

    • lumbinisanjal
    • २०८१ माघ १८, शुक्रबार १३:०५
    3.4K
    SHARES
    बिहे गरेको १ बर्ष नपुग्दै एलिना चौहानले सम्बन्धबिच्छेदको मुद्दा दर्ता

    काठमाडौ माघ १८ । बिहे गरेकाे १ वर्ष नपुग्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

    गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी हुन्।

    चौहानले सम्बन्धविच्छेदको मुद्दामा सापकोटाले आफ्नाे चरित्रमाथि धेरै शङ्का गरेको, काममा बाधा दिएको र शङ्का गरेको आरोप लगाएकी छन्।

    मानाचामल नलिने गरी मुद्दा दायर गरेकी उनले बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने बताएकी छन्।

    सापकोटा र चौहानबीच लामो प्रेम सम्बन्धपछि बिहे भएको थियो।



    lumbinisanjal   
  • २०८१ माघ १८, शुक्रबार १३:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP