• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    एनपीएलमा आज दुई खेल : पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै

    • lumbinisanjal
    • २०८२ मंसिर १३, शनिबार ०८:४८
    1.6K
    SHARES
    एनपीएलमा आज दुई खेल : पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै

    काठमाडौं ,१३ मंसिर ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

    तीन खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने चार खेल खेलिसकेको लुम्बिनीलेसमेत एउटा मात्र जित निकालेको छ। पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा मैदानमा हुनेछ।

    शीर्ष स्थानको सुदूरपश्चिम र अंकबिहीन जनकपुर भिड्दै दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दैछन्। चार खेलमा अपराजित सुदूरपश्मि आठ अंकसहित शीर्ष स्थानमा छ। मात्र तीन खेल खेलेको जनकपुर अंकबिहीन तालिकाको पुछारमा छ। सुदूरपश्मिका कप्तान दीपेन्द्रसिंह ऐरी हुन् भने जनकपुरका कप्तान अनिल साह हुन्।

    अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंक छ। रनरेटको आधारमा विराटनगर तालिकाको दोस्रो स्थनमा छ। पाँच खेल खेलेको काठमाण्डुले ६ अंक जोडेको छ। चितवनको चार अंक छ भने समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् भने अंकबिहीन जनकपुर तालिकाको पुछारमा छ।

    एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

    एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

    प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

    एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।



    lumbinisanjal   
  • २०८२ मंसिर १३, शनिबार ०८:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP