• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    विदेश अध्ययनका लागि इक्यान रुपन्देहीको पहल : परामर्शदातादेखि विद्यार्थीसम्म दक्षता र सचेतना अभिवृद्धि

    • lumbinisanjal
    • २०८३ बैशाख १२, शनिबार १७:१६
    2K
    SHARES
    विदेश अध्ययनका लागि इक्यान रुपन्देहीको पहल : परामर्शदातादेखि विद्यार्थीसम्म दक्षता र सचेतना अभिवृद्धि

    बुटवल, १२ बैशाख । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा आबद्ध शैक्षिक परामर्श व्यवसायीलाई लक्षित दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    शुक्रबार आयोजित कार्यक्रममा न्यूजिल्याण्डमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी पठाउने परामर्श व्यवसायीहरूलाई लक्षित गर्दै प्रशिक्षक सुसान्त घिमिरेले आवश्यक कागजात तयारी, आवेदन प्रक्रिया तथा प्रभावकारी परामर्श प्रवाह गर्ने विधिबारे व्यवहारिक प्रशिक्षण प्रदान गरेका थिए।

    त्यसैगरी, जे सर्ट बुटवलको प्रवर्द्धन तथा इक्यान रुपन्देहीको आयोजनामा शनिबार जापान अध्ययनका लागि जाने विद्यार्थीहरूलाई लक्षित जीवन सीप तथा लैङ्गिक हिंसासम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सोफिया विश्वविद्यालय, टोकियो (जापान) की ग्लोबल स्टडीज संकायअन्तर्गत पीएचडी प्रोफेसर डा. मासाको तानाकाले प्रशिक्षण दिँदै विदेश जाने युवाका लागि जीवन सीप, सांस्कृतिक अनुकूलन तथा सुरक्षासम्बन्धी सचेतना अत्यावश्यक रहेको औंल्याइन्।

    कार्यक्रममा इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले शैक्षिक परामर्श व्यवसायीहरू अझ जिम्मेवार, उत्तरदायी र दक्ष बन्नुपर्नेमा जोड दिँदै विशेषगरी जापान जाने विद्यार्थीहरूले विभिन्न चुनौती सामना गर्नुपर्ने भएकाले सही मार्गदर्शन अपरिहार्य रहेको बताए।

    विदेश जाने युवा आप्रवासीहरूका लागि जीवन सीप अभिमुखीकरणको महत्त्वमा केन्द्रित उक्त कार्यक्रमले सुरक्षित, व्यवस्थित र सफल अध्ययन यात्राका लागि आवश्यक ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा इक्यान रुपन्देहीका उपाध्यक्ष दीपेश अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव उपेन्द्र यादवले कार्यक्रम सञ्चालन गरेका थिए।

    साथै सल्लाहकार निशान बाबु कार्की, कोषाध्यक्ष राम खरेल तथा जे सर्ट बुटवलका प्रमुख ओम प्रकाश श्रेष्ठ र राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८३ बैशाख १२, शनिबार १७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP