• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    चोरमारामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ जेष्ठ १३, मंगलवार १३:१२
    5.5K
    SHARES
    चोरमारामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

    नवलपुर,१३ जेठ । नवलपुरको अम्रसा जङ्गलमा बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २२ वर्षीय रादिम मिधुन र २४ वर्षका नवीन कुमालको मृत्यु भएको हो ।

    त्यसै गरी नवलपरासी पश्चिम बर्दघाट–५ घर भई चोरमारामा टायल मार्वलको काम गर्ने २८ वर्षीय मनीष घर्तीमगरको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि भरतपुर पठाइएको नेपालले बताउनुभयो ।

    अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको ३ जना सवार लु ९ प ८११६ नम्बरको हुन्डा साइन मोटरसाइकलका चालकले चिप्लो सडकमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    भित्री सडकमा भएको उक्त दुर्घटनाका घाइतेलाई तत्काल उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएको थियो । तर अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २ जनाको मृत्यु भएको घोषणा गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १३, मंगलवार १३:१२
  • #चोरमारा दुर्घटना

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP