• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार १४:२३
    676
    SHARES
    चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

    बुटवल ,२५ चैत । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको हरियो बोडीमा अत्यधिक विषादी प्रयोग गरिएको भेटिएपछि नष्ट गरिएको छ ।

    विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बुटवलले आज बिहान बजारमा आएका तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्दा चितवनबाट ल्याइएको बोडीमा उच्च मात्रामा विषादी अवशेष फेला परेको हो ।

    प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिकासँग समन्वय गर्दै विषादीयुक्त करिब १२० केजी बोडी डम्पिङ साइटमा लगेर नष्ट गरिएको छ । बजारमा दैनिक रूपमा आउने तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्ने कार्य नियमित रूपमा हुँदै आएको छ ।

     

    प्रयोगशालाका नायब प्राविधिक सहायक राजिब भण्डारीका अनुसार परीक्षणका क्रममा उक्त बोडीमा अर्गानोफस्फोरेट समूहको विषादी ९७.०६७ प्रतिशत ‘इनहिबिसन’ देखिएको थियो, जुन अत्यन्त जोखिमपूर्ण स्तर हो ।

    प्राविधिकहरूका अनुसार शून्यदेखि ३५ प्रतिशतसम्मको विषादी अवशेष उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म पुगेमा केही समय ‘क्वारेन्टाइन’मा राखेर पुनः परीक्षण गरिन्छ । तर ४५ प्रतिशतभन्दा माथि पुगेका तरकारी अनिवार्य रूपमा नष्ट गरिने प्रावधान रहेको छ ।

    विशेष गरी ‘अफ सिजन’मा उत्पादन गरिएका तरकारीमा बढी विषादी प्रयोग हुने र किसानले ‘वेटिङ पिरियड’ पूरा नगरी बजारमा ल्याउँदा यस्तो समस्या देखिने गरेको प्राविधिकहरूको भनाइ छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार १४:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP