• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    • lumbinisanjal
    • २०८२ श्रावण १९, सोमबार १४:४६
    4.3K
    SHARES
    कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    काठमाडौं ,१९ साउन ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (आइतबार) बेलुका ७ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका उच्च स्रोतका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

    बोर्डले नतिजा सार्वजनिक गर्न साढे ५ बजे बोर्ड बैठक बाेलाएको छ ।

    गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए।

    तिनीहरूमध्ये ३ लाख ९५ हजार ९०८ जना नियमित तथा १ लाख १५ हजार ६१७ जना आंशिक परीक्षार्थी थिए।

    विद्यार्थीहरूले नतिजा निम्न माध्यमहरूबाट हेर्न सक्नेछन्ः

    -राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट

    -एसएमएस सेवा

    -मोबाइल एप्लिकेसन

    @नेपालसमाचारपत्र



    lumbinisanjal   
  • २०८२ श्रावण १९, सोमबार १४:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP