• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गौमुखीमा फाल्गुन ११ गते नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    • lumbinisanjal
    • २०८१ फाल्गुन ६, मंगलवार ०५:१६
    2.5K
    SHARES
    गौमुखीमा फाल्गुन ११ गते नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    बुटवल , ६ फाल्गुन । प्युठानको गौमुखी गाउँपालिकाको आयोजना तथा प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ।

    फागुन ११ गते गते पुजा स्वास्थ्य चौकी लिवासेमा नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो । शिविरमा निन्द्रा नलाग्ने, एकोहोरो हुने ,आत्महत्याको प्रयास गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त बिशेषज्ञ स्वास्थ्य शिविरमा लाभ लिन सक्ने पौडेल बताउनुहुन्छ ।

    गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै फागुन ११ गते बिहान ९ बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्यचौकी लिवासेमा सेवा लिन पठाउने व्यवस्था मिलाउन सबै जनप्रतिनिधि स्वयमसेविका , स्वास्थ्य संस्था , वडा कार्यालय ,सम्पुर्ण बिद्यालय , सहयोगी निकाय सवैमा अनुरोध समेत गरेको छ । दलहरुका प्रतिनिधि सबैलाई पालिकाले आग्रह गरेको छ। गत मंसिर १९ गते पनि पुजा स्वास्थ्य चौकी लिवासेमा नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको स्वास्थ्य शाखाले जनाएको छ ।

     



    lumbinisanjal   
  • २०८१ फाल्गुन ६, मंगलवार ०५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP