• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    “खेतबारी बाझो नराखौँ” अभियान अन्तर्गत बाजागाजासहित हर्षोल्लासपूर्ण रोपाइ

    • lumbinisanjal
    • २०८२ असार ३१, मंगलवार १९:११
    4.6K
    SHARES
    “खेतबारी बाझो नराखौँ” अभियान अन्तर्गत बाजागाजासहित हर्षोल्लासपूर्ण रोपाइ

    कपिल पाण्डे
    गुल्मी, ३१ असार। “खेतबारी बाझो नराखौँ, माटो र मेहनतसँग माया गरौं” भन्ने मूल सन्देशसहित इस्मा गाउँपालिका–३, हुलाके घम्मुमा भव्य धान रोपाइ कार्यक्रम सम्पन्न भएको छ।

    स्थानीय कृषक सुरेन्द्र पाण्डेको करिब १७ रोपनी खेतमा परम्परागत बाजागाजाका साथ सम्पन्न भएको रोपाइ कार्यक्रममा विभिन्न दलका प्रतिनिधिदेखि सर्वसाधारणसम्मको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा इस्मा–१ का वडा अध्यक्ष शेरबहादुर कुँवर, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्य प्रेमनारायण भण्डारी, युवा नेता रबिन्द्र घिमिरे, युवराज भण्डारी, सञ्चारकर्मी अनिता खत्री लगायत स्थानीय बासिन्दाको सक्रिय उपस्थिति थियो।

    धानको बिरुवा हातमा लिएर युवा, वृद्ध, महिला र पुरुष सबैले खेतमा झरेर गीतसंगीत र नृत्यको साथमा रोपाइ गरे। पुराना परम्परा र संस्कृति जोगाउने प्रयासस्वरूप आयोजना गरिएको यो कार्यक्रमले खेतबारी खाली नराख्ने सन्देशमात्र दिएको छैन, सामूहिकता, श्रमको सम्मान र ग्रामीण सांस्कृतिक जीवनशैलीको पनि सुन्दर चित्र प्रस्तुत गरेको छ।

    कार्यक्रमका संयोजक सुरेन्द्र पाण्डेका अनुसार, “हाम्रो माटो हाम्रो पहिचान हो। माटो, मेहनत र संस्कृति जोगाउन सामूहिक सहभागिता जरुरी छ।”

    यस कार्यक्रमले विशेषतः युवा पुस्तालाई कृषि र संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्य लिएको पाण्डेले बताए ।



    lumbinisanjal   
  • २०८२ असार ३१, मंगलवार १९:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP