• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रिमियम डिजाइन र शक्तिशाली फिचरसहित ‘नथिङ फोन’ अब नेपालमा

    • lumbinisanjal
    • २०८३ श्रावण ७, बिहीबार ०९:१३
    130
    SHARES
    प्रिमियम डिजाइन र शक्तिशाली फिचरसहित ‘नथिङ फोन’ अब नेपालमा

    बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङ (Nothing) को नयाँ स्मार्टफोन ‘नथिङ फोन (3a)’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालको प्रमुख बहुराष्ट्रिय व्यापारिक समूह चौधरी ग्रुप (सीजी) ले उक्त स्मार्टफोनलाई आधिकारिक रूपमा नेपालमा भित्र्याएको हो।

    स्मार्टफोनको नेपाली बजार मूल्य रु. ५९,९९९ निर्धारण गरिएको छ। सार्वजनिक समारोहका अवसरमा कम्पनीले सीमित अवधिका लागि खरिदकर्तालाई करिब रु. ५,९९९ मूल्य बराबरको सीएमएफ बड्स निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

    कम्पनीका अनुसार ‘बि’ सिरिजअन्तर्गतको यो पहिलो स्मार्टफोन आकर्षक डिजाइन, शक्तिशाली कार्यसम्पादन, स्मार्ट सफ्टवेयर तथा दीर्घकालीन विश्वसनीयतालाई ध्यानमा राखेर तयार गरिएको हो। यसमा उच्च क्षमताको स्न्यापड्रागन प्रोसेसर, ५,२०० एमएएच क्षमताको ब्याट्री, ५० मेगापिक्सेल मुख्य क्यामेरा, १२० हर्ज रिफ्रेस रेट डिस्प्ले तथा नथिङ ओएससँग एआईमा आधारित विभिन्न स्मार्ट फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

    डिजाइनतर्फ कम्पनीले २० भन्दा बढी अवधारणामध्ये अन्तिम डिजाइन छनोट गरिएको जनाएको छ। पारदर्शी क्यामेरा मोड्युल, थ्री–डी कर्भ एज, इको–पोलिकार्बोनेट युनिबडी तथा तीन तहको सुरक्षात्मक कोटिङका कारण फोन आकर्षक, मजबुत र फिङ्गरप्रिन्ट प्रतिरोधी बनेको कम्पनीको दाबी छ।

    फोनमा धुलो तथा पानी प्रतिरोधी सुविधा रहेको छ भने ६०० न्यूटनसम्मको दबाब सहन सक्ने मजबुत संरचना दिइएको कम्पनीले जनाएको छ। यो स्मार्टफोन कालो, सेतो र निलो गरी तीन रंगमा उपलब्ध हुनेछ। 

    यसमा थप परिष्कृत ग्लिफ (Glyph) इन्टरफेस समावेश गरिएको छ, जसले सूचना, चार्जिङ अवस्था, रेकर्डिङ तथा व्यक्तिगत अलर्टहरू स्क्रिन नहेरी नै सहज रूपमा थाहा पाउन सहयोग गर्ने कम्पनीको भनाइ छ। यसले पटक–पटक स्क्रिन हेर्नुपर्ने आवश्यकता घटाएर प्रयोगकर्तालाई अझ सहज अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

    ब्याट्री क्षमताका हिसाबले ५,२०० एमएएच ब्याट्रीले करिब १८ घण्टासम्म मिश्रित प्रयोग, २२ घण्टासम्म युट्युब भिडियो तथा २६ घण्टासम्म इन्स्टाग्राम प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। त्यस्तै, फास्ट चार्जिङ प्रविधिका कारण करिब ३० मिनेटमा ५० प्रतिशत र एक घण्टाभन्दा केही बढी समयमा पूर्ण चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

     



    lumbinisanjal   
  • २०८३ श्रावण ७, बिहीबार ०९:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP