• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्‍याइयो

    • lumbinisanjal
    • २०८२ फाल्गुन १३, बुधबार १३:५६
    1.4K
    SHARES
    निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्‍याइयो

    काठमाडौं,१३ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ ।

    काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ ।

    ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’ तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १३, बुधबार १३:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP