• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    आलु बेचेर राजश्व उठाउँदै छत्रदेव गाउँपालिका

    • lumbinisanjal
    • २०८२ बैशाख ६, शनिबार ०९:३४
    3.5K
    SHARES
    आलु बेचेर राजश्व उठाउँदै छत्रदेव गाउँपालिका

    सुर्य प्रसाद भुसाल 

    अर्घाखाँची , ६ बैशाख । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले व्यावसायिक कृषि, पशुपालन र पूर्वाधारलाई विशेष आधार बनाएर विकासको गतिमा लम्किँदै गएको छ । गाउँपालिकाको आठवटै वडामा शिक्षा, स्वास्थ्य, सडक खानेपानीका कामहरुलाई तीव्रता दिँदै अगाडी बढेको पालिका यश बर्षबाट आलु उत्पादन गरेर राजश्व उठाउन सुरु गरेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ बताउँछन् ।

    व्यवसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई छत्रदेव गाउँपालिकाले आफ्नै लगानीमा आलुखेति सञ्चालन गरेको थियोे ।

    आलुखेतिका लागि उपयुक्त रहेको छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेको फर्सुरामेश्वर गुठिको बाझो जग्गा भाडामा लिएर आलुखेति सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राजन पाण्डेले बताए । गाउँपालिकाको आर्थिक उन्नतीको लागि गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिँदै आएको छ,’उनले भने, ‘कृषि पशुपालनको प्रचुर सम्भावना रहेको छत्रदेव ३ मा आलु खेति सञ्चालन गरिएको हो ।’ छत्रदेव गाउँपालिका वडा नम्बर ४ को सो बाझो जग्गामा गाउँपालिकाले ९ कुईन्टल आलुको बीउ खरिद गरि लगाएको लोकल जातको अर्गानिक आलु झन्डै ६० कुईन्टल उत्पादन भएपछि गाउँपालिकाले सुक्रबार बाट ४० केजि भन्दा माथि खरिद गर्ने नागरिक लाई ५० रुपैयाँ र सो भन्दा तल खरिद गर्ने नागरिक हरुका लागि ५५ रुपैयाँ मुल्य निधारण गरि बिक्रीवितरण सुरु गरेको प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिए ।

    गाउपालिकाले आलु उत्पादन शुरु गरेपछि गाउका किषानहरु पनि आलु लगाउन उत्साहित छन । गाउँपालिका का अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार कृषि क्रान्ति लाई मुख्य प्राथमिकतामा राख्दै पालिकाको आर्थिक स्थिति उकास्ने देखि किषानहरुलाई कृषि खेति गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि २०८१ साल देखि सो जग्गामा आलु खेती सञ्चालन गरिएको हो । गाउँपालिकाले आलु खेति सञ्चालन गर्दा सुरुको बर्ष ९ कुईन्टल बीउ खरिद गरेको थियो । सो बिउबाट झन्डै ५० कुईन्टल आलु यश बर्ष उत्पादन भएको छ ।

    पालिकाले सञ्चालन गरेको आलुखेति रेखदेख गर्नको लागि पालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतलाई का जनशक्ति सगै पालिकाका कर्मचारीलाई पालैपालो खटाउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

    कृषि पशुपालनमा विशेष जोड दिँदै गाउँका बेरोजगार युवायुवती लाई रोजगारी दिने खालका कामहरु गाउपालिकाले सन्चालन गरेको देख्दा आफूहरू खुसी भएको छत्रदेव ४ का युवा भानु पराजुली बताउँछन् । पालिकाले आफै आलु खेति उत्पादन गरेर एक उदाहरण कामको सुरुवात गरेको छ,’उनले भने, आलुवाट राम्रै नाफा हुने छत्रदेव बासिले अनुमान गरेका छन् । छत्रदेव गाउपालिमा आन्तरिक श्रोत र पालिकाको छुट्टै आम्दानी नभएकाले पनि आलु खेतिबाट राजश्व जम्मा गर्ने काम जनप्रतिनिधि कर्मचारीले सुरु गरेपछि यसको चर्चा देश बिदेशमा भएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख ६, शनिबार ०९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP