• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको सत्यवतीमा स्थानीय गाईपालकलाई १० हजारको अनुदान, पहिलो ब्याउने गाईलाई प्रोत्साहन

    • lumbinisanjal
    • २०८२ श्रावण ८, बिहीबार १३:५३
    2.8K
    SHARES
    गुल्मीको सत्यवतीमा स्थानीय गाईपालकलाई १० हजारको अनुदान, पहिलो ब्याउने गाईलाई प्रोत्साहन

    गुल्मी, ०८ साउन । सत्यवती गाउँपालिकाले गाउँघरमा गाईपालनको परम्परा जोगाउन र रैथाने गाईको संरक्षण गर्न विशेष अभियान थालेको छ । पहिलोपटक ब्याउने गाईका लागि पालिकाले प्रति गाई रु. १० हजार अनुदान दिने निर्णय गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेका अनुसार अनुदान कार्यक्रम स्थानीय गाईको बाच्छी हुर्काउने कामलाई प्रोत्साहन गर्न ल्याइएको हो । यो कार्यक्रम चालू आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक पशुपन्छी विकास योजनाअन्तर्गत ल्याइएको हो ।

    अनुदान पाउनका लागि गाईले २०८२ साउन १ देखि २०८३ असार १५ भित्र पहिलो पटक बेत ब्याएको हुनुपर्छ । किसानले पालिकामा निवेदन दिँदा नागरिकता, छिमेकीको हस्ताक्षर भएको मुचुल्का, सम्बन्धित वडाको सिफारिस, माउ र बाच्छा देखिने तस्बिर, चेकको प्रतिलिपि र भेटेरिनरीको स्थलगत रिपोर्ट बुझाउनुपर्नेछ ।

    उपाध्यक्ष निरमाया तरामुका अनुसार अनुदान आफ्नै गोठमा हुर्काएको गाईको बाच्छीलाई मात्र दिइनेछ, अन्यत्रबाट किनेर ल्याएको गाईका लागि लागू नहुनेछ ।

    गाउँघरमा गाईपालन घट्दै गएको बेला स्थानीय गाईको संरक्षण र कृषकलाई प्रोत्साहन गर्ने यो योजना ग्रामीण कृषि प्रणाली जोगाउन महत्त्वपूर्ण कदम भएको स्थानीयले बताएका छन् । रासस

     



    lumbinisanjal   
  • २०८२ श्रावण ८, बिहीबार १३:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP