• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लमजुङमा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

    • lumbinisanjal
    • २०८२ माघ २८, बुधबार १९:१८
    1.5K
    SHARES
    लमजुङमा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

    लमजुङ, माघ २८ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

    भुजुङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग. १ ज. ५०६५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी क्व्होलासोथर गाउँपालिका–४, भुजुङ निवासी ७४ वर्षीया मलकुमारी गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो ।

    जिपमा सवार १० जनामध्ये अन्य सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा क्व्होलासोथर –४ का ८० वर्षीय आइतराम गुरुङ, २२ वर्षीया एलिना गुरुङ र २७ वर्षीया स्मृति गुरुङ रहनुभएको छ ।

    त्यस्तै बेँसीसहर नगरपालिका–५ की २० वर्षीया कृपा गुरुङ, वडा नं–७ की सात वर्षीया रितु गुरुङ, मर्स्याङ्दी गाउँपालिका–९ का ३१ वर्षीय आर्यन गुरुङ र मर्स्याङ्दी–२, घनपोखरा बस्ने ५० वर्षीया काली गुरुङ घाइते हुनुभएको छ । घाइतेहरूको जिल्लास्थित लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ माघ २८, बुधबार १९:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP