• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा ६ लाख ७२ हजारभन्दा बढी मतदाता : सबैभन्दा धेरै क्षेत्र नं. १ मा

    • lumbinisanjal
    • २०८२ माघ ८, बिहीबार २१:५०
    1.4K
    SHARES
    रुपन्देहीमा ६ लाख ७२ हजारभन्दा बढी मतदाता : सबैभन्दा धेरै क्षेत्र नं. १ मा

    प्रतिनीधि सभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं. १ मा देखिएको छ । ६ लाख ७२ हजार ५२३ जना मतदाता रहेको रुपन्देही जिल्लामा क्षेत्र नं. १ मा सबैभन्दा धेरै १ लाख ४६ हजार ८२४ मतदाता रहेका छन् । यस क्षेत्रमा महिला ७२ हजार ९६८, पुरुष ७३ हजार ८५४ र अन्य २ जना छन् । त्यसै सबैभन्दा कम मतदाता क्षेत्र नं. ४ मा रहेको छ । क्षेत्र नं. ४ मा  कुल १ लाख १६ हजार १७२ मतदाता छन् । यसमध्ये महिला ५० हजार ११० र पुरुष ६६ हजार ६२ जना छन् ।

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १६ पालिका र १५५ वडा रहेको रुपन्देही जिल्लामा ६ लाख ७२ हजार ५२३ जना मतदाता मध्ये महिला मतदाता ३ लाख २६ हजार ३११, पुरुष ३ लाख ४६ हजार २०३ र अन्य ९ जना छन् ।

    मतदाता धेरै रहेको क्षेत्र नं. १ मा मतदान स्थान र मतदान केन्द्र पनि अन्य क्षेत्रमा भन्दा धेरै छन् । जिल्लाभरका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा सबैभन्दा धेरै ४५ मतदान स्थल र १५९ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं. १ अन्तर्गत ओमसतीया गाउँपालिकाका ५, तिलोत्तमा नगरपालिकाका ९, देवदह नगरपालिकाका १२ र रोहिणी गाउँपालिकाका ७ वटा वडा पर्दछन् ।

    क्षेत्र नं. २ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । तीमध्ये महिला ७० हजार ७९३, पुरुष ६४ हजार २५४ र अन्य ३ जना छन् । यस क्षेत्रमा २४ मतदान स्थल र १३८ मतदान केन्द्र तोकिएका छन् । बुटवल उपमहानगरपालिकाका १३, सैनामैना नगरपालिकाका ४ र तिलोत्तमा नगरपालिकाका ६ वटा वडा यस क्षेत्रमा समेटिएका छन् ।

    क्षेत्र नं. ३ मा १ लाख ४० हजार ३५ मतदाता छन् । महिला ६८ हजार ७७५, पुरुष ७१ हजार २५८ र अन्य २ जना रहेको विवरण छ । यहाँ ४६ मतदान स्थल र १५७ मतदान केन्द्र रहेका छन् । ओमसतीया, तिलोत्तमा, बुटवल, मायादेवी, शुद्धोदन, सिद्धार्थनगर र सियारीका ३६ वडा यस क्षेत्रमा पर्छन् । ५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतदाता रहेको क्षेत्र नं. ४ मा ४८ मतदान स्थल र १३३ मतदान केन्द्र तोकिएको छ । यो निर्वाचन क्षेत्रमा कोटहीमाई, मर्चवारी, मायादेवी, लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई र सियारीका ३१ वटा वडा समावेश छन् ।

    त्यस्तै क्षेत्र नं. ५ मा १ लाख ३४ हजार ४४२ मतदाता रहेका छन् । महिला ६३ हजार ६६५, पुरुष ७० हजार ७७५ र अन्य २ जना छन् । यहाँ ४६ मतदान स्थल र १४५ मतदान केन्द्र छन् । कञ्चन, गैडहवा, मायादेवी, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका ३२ वटा वडा यस क्षेत्रमा पर्दछन् ।
    वडा संख्याका हिसावले भने सबैभन्दा ठूलो क्षेत्र नं. ३ हो भने सबैभन्दा सानो क्षेत्र नं. २ हो । जिल्लाका १५५ वटा मध्ये क्षेत्र नं. ३ मा सबैभन्दा धेरै ३६ वटा वडा र क्षेत्र नं. २ मा सबैभन्दा कम २३ वटा वडा रहेका छन् ।

    रुपन्देहीको मतदाता विवरण

    प्रतिनीधि सभा निर्वाचन क्षेत्र : ५
    पालिका : १६
    वडा : १५५
    कुल मतदाता : ६,७२,५२३ जना
    महिला : ३,२६,३११ ज्ना
    पुरुष : ३,४६,२०३ जना
    अन्य : ९ जना

    क्षेत्र नं. १
    मतदाता : १,४६,८२४ जना
    महिला : ७२,९६८ जना
    पुरुष : ७३,८५४ जना
    अन्य : २ जना
    मतदान स्थल : ४५
    मतदान केन्द्र : १५९

    क्षेत्र नं. २
    मतदाता : १,३५,०५० जना
    महिला : ७०,७९३ जना
    पुरुष : ६४,२५४ जना
    अन्य : ३ जना
    मतदान स्थल : २४
    मतदान केन्द्र : १३८

    क्षेत्र नं. ३
    मतदाता : १,४०,०३५ जना
    महिला : ६८,७७५ जना
    पुरुष : ७१,२५८ जना
    अन्य : २ जना
    मतदान स्थल : ४६
    मतदान केन्द्र : १५७

    क्षेत्र नं. ४
    म्तदाता : १,१६,१७२ जना
    महिला : ५०,११० जना
    पुरुष : ६६,०६२ जना
    मतदान स्थल : ४८
    मतदान केन्द्र : १३३

    क्षेत्र नं. ५
    मतदाता : १,३४,४४२ जना
    महिला : ६३,६६५ जना
    पुरुष : ७०,७७५ जना
    अन्य : २ जना
    मतदान स्थल : ४६
    मतदान केन्द्र : १४५



    lumbinisanjal   
  • २०८२ माघ ८, बिहीबार २१:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP