• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

    • lumbinisanjal
    • २०८१ चैत्र ६, बुधबार ०५:५७
    2.2K
    SHARES
    जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

    म्याग्दी, ०६ चैत । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
    सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

    जीपमा चालकसहित ५ जना सवार थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर बिक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ६, बुधबार ०५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP