• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई निःशुल्क मनोसामाजिम परामर्श

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार १७:५५
    2.1K
    SHARES
    स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई निःशुल्क मनोसामाजिम परामर्श

    काठमाडौँ,९ कार्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले आइतबार पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

    पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन् । विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने उनको भनाइ छ ।

    “जेनजी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ त्यसपछि फेरि तपाईंहरूलाई बताउँछु,” उनले भनिन् ।

    उनले जेनजी आन्दोलनका शहीद परिवारलाई नि:शुल्क स्वास्थ्य वीमा सेवा उपलव्ध गराउनका लागि अर्थ मन्त्रालयसंग सल्लाह गर्ने योजनामा रहेको समेत जानकारी दिईन् ।

    पूर्वस्वास्थ्य सचिवसमेत रहेकी गौतमले जटिल अवस्थामा स्वास्थ्यको नेतृत्व गर्न आएको भन्दै भ्रष्टाचारविरुद्ध र सुशासनमा आफ्नो प्रयास रहने बताईन् ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार १७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP