• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    रवीन्द्र मिश्र अदालतमा हाजिर : बयान सुरु, आजै थुनछेक आदेश

    • lumbinisanjal
    • २०८२ असार ३, मंगलवार १२:१२
    3.8K
    SHARES
    रवीन्द्र मिश्र अदालतमा हाजिर  : बयान सुरु, आजै थुनछेक आदेश

    काठमाडौं,०३ असार । तीनकुने आन्दोलनमा संलग्न रहेको आरोप लागेका रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको बयान भइरहेको छ । बयानपछि थुनछेक बहस हुनेछ ।

    मिश्रका र सरकारी वकिलको बहस सकिएपछि आजै साँझ थुनछेक आदेश आउनेछ । आदेशपछि मिश्र पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारेखमा रिहा हुने टुंगो लाग्नेछ ।

    मिश्र आन्दोलन भएको दिन ०८१ चैत १५ गते नै पक्राउ परेका थिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट लगातार म्याद थप हुँदै थुनामा राखिएका मिश्र श्रीमती शारिका कार्कीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको आदेशबाट जेठ २ गते रिहा भएका थिए । रिहापछि उनी प्रहरीमा हाजिर भएका थिएनन् ।



    lumbinisanjal   
  • २०८२ असार ३, मंगलवार १२:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP