• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा १६९५ निर्वाचन प्रहरी खटिए

    • lumbinisanjal
    • २०८२ माघ १८, आईतवार १७:२२
    1.4K
    SHARES
    गुल्मीमा १६९५ निर्वाचन प्रहरी खटिए

    गुल्मी , १८  माघ   । गुल्मीमा १६९५ जना निर्वाचन प्रहरी मातहतका क्षेत्रमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गङगाबहादुर सारुका अनुसार १६९५ जना निर्वाचन प्रहरीलाई कार्यक्षेत्रको इलाकामा पठाइएको बताउनुभयो ।

    इलाका प्रहरी कार्यालय रिडी, पुर्कोट र जिल्ला प्रहरी कार्यालयको मातहतमा रहनेगरि शनिबार क्षेत्र निर्धारण गरिएको हो । उनीहरुलाई क्षेत्र निर्धारण गरिएको इलाकाबाट नै आइतबारदेखि १० दिनको तालिम प्रदान गर्न सुरु गरिएको सारुले बताउनुभयो ।

    गुल्मीमा तीन पटकसम्म आवेदन दिनका लागि जारी गरिएको सूचनाको आधारमा २२१६ जनाले आवेदन दिएका थिए । त्यी मध्ये १०१९ पुरुष र ६७६ जना महिलाको कोटा निर्धारण गरिएको भए पनि महिलाको आवेदन सङख्या कम भएको हो । ६७६ जनाको कोटा रहेपनि मध्ये ४४९ जना महिला मात्रै रहेका छन् ।

    निर्वाचन प्रहरीका लागि गुल्मीसँगै अर्घाखाँची, पाल्पा,कास्की, बाग्लुङ, दाङ, बर्दिया, प्युठान, सप्तरीसम्मका रहेको सारुले बताउनुभयो । निर्वाचन प्रहरीमा पूर्व सुरक्षकर्मी, पूर्व म्यादी रहेका छन् । उनीहरुलाई पहिलो प्राथमिकता दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । निर्वाचन प्रहरीमा १८ वर्ष उमेरदेखि ५४ वर्षसम्मका रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसका साथै १७० जना निर्वाचन प्रहरी वैकल्पिक सूचिमा रहेको सारुले बताउनुभयो ।

    गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लामा भयरहित वातावरणमा निर्वाचन सफल बनाउनका लागि सुरक्षासमिति सक्षम रहेको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् ।

    तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएको छ ।



    lumbinisanjal   
  • २०८२ माघ १८, आईतवार १७:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP