• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    वाग्ला माविको ६६औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, ‘ज्ञानकुञ्ज’ विमोचन र विद्यार्थी सम्मान

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १८:२७
    4.7K
    SHARES
    वाग्ला माविको ६६औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, ‘ज्ञानकुञ्ज’ विमोचन र विद्यार्थी सम्मान

    बासुदेव पोखरेल , ६ जेठ गुल्मी ।  गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लामा रहेको  वाग्ला माध्यमिक विद्यालयले आफ्नो ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस  सम्पन्न गरेको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हीमप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुर्कोट गाउँपालिकाकी उपाध्यक्ष सीता गिरी प्रमुख आतित्यता रहेको थियो।  सामाजिक विकास समिति संयोजक तथा वडा नं १ का अध्यक्ष चेतमान कुँवर, वडा नं ७ का अध्यक्ष लिलाबहादुर खनाल, अन्य जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका  उपाध्यक्ष सीता गिरीले गाउँमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने उदाहरण वाग्ला माविले प्रस्तुत गरेको बताउँदै विद्यालयले स्थायीत्व, संस्कार र सिर्जनशीलता बढाउन ठूलो योगदान दिएको बताउनुभयो। उहाँले विद्यालयले प्रकाशित गरेको ‘ज्ञानकुञ्ज’ नामक पुस्तकको विमोचन गर्दै यस्ता कृतिहरूले विद्यार्थीको आत्मविश्वास र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने बताउनुभयो।

    वडा नं १ का अध्यक्ष चेतमान कुँवरले विद्यालयले शिक्षामा अनुशासन र नेतृत्व विकासमा समेत उत्तिकै योगदान दिँदै आएको भन्दै सामुदायिक सहयोगले अझ सशक्त परिणाम दिने धारणा व्यक्त गर्नुभयो।

    वडा नं ७ का अध्यक्ष लिलाबहादुर खनालले विद्यालयले गाउँकै गौरव बढाएको भन्दै वडा कार्यालय विद्यालयको आवश्यकता र योजनामा सधैं साथमा रहने प्रतिबद्धता जनाउनुभयो।

    कार्यक्रममा कक्षा ८ को परीक्षामा सम्पूर्ण गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी अप्सना घर्तीलाई विद्यालयले नगदसहित सम्मान गरेको थियो।

    विद्यालयका प्रधानाध्यापक भेसराज खनालले आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रअ रुमाकान्त खनालले गर्नुभएको थियो।

    ५ गते  सञ्चालित कार्यक्रममा विद्यार्थीहरूले खेलकुद, नृत्य, गीत, अभिनय लगायतका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। अभिभावक र शिक्षकहरूबीच पनि मैत्रीपूर्ण खेल तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिएको विद्यालय जनाएको छ।

    विद्यालयले विभिन्न अक्षकोषबाट प्राप्त छात्रवृत्ति र पुरस्कारसमेत विद्यार्थीहरूलाई वितरण गरेको थियो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP