• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेता कुँवरविरुद्ध प्रहरीमा उजुरी

    • lumbinisanjal
    • २०८२ बैशाख २१, आईतवार २०:३१
    3.1K
    SHARES
    विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेता कुँवरविरुद्ध प्रहरीमा उजुरी

    बुटवल, २१ बैशाख । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका एक नेताले विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएपछि इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी परेको हो ।

    क्याम्पसले वैशाख १९ गते निकालेको एक सूचनामा विभिन्न विद्यार्थीहरूसँग कुँवरले कागजपत्र तथा रकम लिएका तर फारम नभरिएको उल्लेख छ । उनलाई क्याम्पसले निलम्बनसमेत गरी प्रवेशमा रोकसमेत लगाएको जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र बहादुर रानाका अनुसार कुँवरले विद्यार्थीहरूको प्रथम वर्षमा भर्नाका लागि पैसा अन्य कागजपत्र लगेको र फिर्ता नगरेको पाइएको छ ।

    विद्यार्थीहरूले भने, “हामी नयाँ थियौं, क्याम्पसका कुराहरू बुझिदैन्थ्यो । आफूलाई विद्यार्थी नेता भन्दै उनीले हामीसँग सम्पर्क गरेर सबै प्रक्रिया हामीमार्फत गरिहाल्नुस् भने । हामीले विश्वास ग¥र्यौं तर अहिले हाम्रो एक वर्ष नै गुम्ने अवस्थामा छ।” पिडित विद्यार्थीहरु भने – ” क्याम्पसको आधिकारिक सहायता कक्षमा बसेर विद्यार्थी ठग्ने हर्कत सानोतिनो होइन्, विद्यार्थी राजनीति गर्ने सेवाको नाममा अनेरास्ववियुका विद्यार्थी नेता बाट जुन काम भयो, यो विद्यार्थी राजनीति माथी नै अविश्वासको प्रश्न चिन्ह खडा भएको बताए ।

    बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीले भने, ‘बीए चौथो वर्षका ९–१० जना विद्यार्थीलाई उसले (विवेक) यस्तो गरेको रहेछ, अन्य कतिलाई गर्‍यो होला ।’ उनका अनुसार चौथो वर्षमा अध्ययनरत ती ९–१० जना विद्यार्थी सम्पर्कमा आएपछि यसबारे थाहा भएको हो । तर कुँवरले भने आफूले धेरै फारम लिएको र भर्ने वेलामा केही छुटेको हुन सक्ने बताए । तर त्यसलाई मिलाउने उनले बताए ।

    अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले भने २०८१ चैत ५ गतेनै कुवँरलाई संगठनको हित बिपरित गतिबिधी गरेको हुँदाँ बिधान बमोजिम जिल्ला कमिटी सदस्य बाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको बताउँछन ।

    क्याम्पस प्रशासनको विज्ञप्ती :

     

    विद्यार्थीद्वारा ईलाका प्रहरी कार्यालयमा दिएको निबेदन:



    lumbinisanjal   
  • २०८२ बैशाख २१, आईतवार २०:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP