• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको अध्यक्षमा कुँवर

    • lumbinisanjal
    • २०८१ चैत्र ९, शनिबार १४:५९
    3.3K
    SHARES
    प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको अध्यक्षमा कुँवर

    बुटवल , ०९ चैत्र । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    संघको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइन तर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभि तर्फबाट आशिष गुप्ता रहेका छन् ।

    सदस्यहरुमा जगदिश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा वस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । संघको सल्लाहकारमा ३ जना मनोनित भएका छन् । सल्लाहकारमा डा बालकृष्ण चापागाई, शुक्रऋषि चौलागाई र देवी वाग्ले मनोनित भएका छन् ।

    प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले शुक्रबार दोश्रो मिडिया सम्मेलन गरेको थियो । संघले विभिन्न सञ्चारमाध्यम र सञ्चाए सरोकारवाला संग सञ्चारक्षेत्रको संकट र सञ्चारकर्मी पलायनका सन्धर्वमा प्यानल डिस्कसन समेत गरेको थियो ।

     



    lumbinisanjal   
  • २०८१ चैत्र ९, शनिबार १४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP