• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    भौतिक पुनर्निर्माण कोषमा साढे ७ करोड संकलन

    • lumbinisanjal
    • २०८२ कार्तिक २५, मंगलवार १४:११
    2.3K
    SHARES
    भौतिक पुनर्निर्माण कोषमा साढे ७ करोड संकलन

    काठमाडौँ  ,२५ कार्तिक । जेन—जी आन्दोलनबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, राहत तथा पुनस्र्थापनाका लागि स्थापना गरिएको भौतिक पुनर्निर्माण कोषमा हालसम्म ७ करोड ५२ लाख रुपियाँ संकलन भएको छ।

    सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको समितिको बैठकले संकलित रकमबाट क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माण तथा विस्तृत इन्जिनियरिङ डिजाइन तयारीका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको छ । विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्न साढे ३ करोड रुपियाँ छुट्याइएको छ ।

    सहरी विकास तथा भवन निर्माण विभागमार्फत २ करोड र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत साढे १ करोड रुपियाँ विनियोजन गरिएको छ । सार्वजनिक संरचना मर्मतसम्भारका लागि दुई विभागमार्फत क्रमशः २ करोड र १ करोड रुपियाँ विनियोजन गरिनेछ । यस्तै, आर्थिक पुनरुत्थान, राहत तथा पुनस्र्थापनाका कार्यक्रमहरू सञ्चालन गर्न ५० लाख रुपियाँ छुट्याइएको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २५, मंगलवार १४:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP