• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    १९ बलमा भीमको अर्धशतक

    • lumbinisanjal
    • २०८२ मंसिर १८, बिहीबार १३:५९
    1.6K
    SHARES
    १९ बलमा भीमको अर्धशतक

    काठमाडौं ,१८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।

    आक्रामक ब्याटिङ गरेका भीमले १९ बलमा ५१ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । यो यस सिजनकै कम बलमा बनेको अर्धशतक हो ।

    काठमाडौं १३ ओरभमा ५ विकेटको क्षतिमा ७९ रनको अवस्थामा रहेका बेला भीम सार्की क्रिजमा गएका थिए । उनी अहिले काठमाडौं ब्याटिङ उकास्ने क्रममा छन् ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।



    lumbinisanjal   
  • २०८२ मंसिर १८, बिहीबार १३:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP