• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

    • lumbinisanjal
    • २०८२ आश्विन १०, शुक्रबार १०:२४
    1.5K
    SHARES
    दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

    चितवन , १० असोज । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार खसेको पहिरो पन्छाएसँगै गए रातिदेखि दुईतर्फी रूपमा सडक सञ्ञ्चानमा आएको हो ।

    डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

    सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । मङ्गलबार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो । यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन् ।

    सडकमा गत एक सातादेखि मालबाहक सवारी रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिक रूपमा खुला भएको समयमा पार भएका थिए ।



    lumbinisanjal   
  • २०८२ आश्विन १०, शुक्रबार १०:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP