• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    संस्कृत शिक्षाका अग्रदूत ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट, गुल्मीबाट पहिलो पटक राष्ट्रिय गौरवको पहिचान

    • lumbinisanjal
    • २०८२ श्रावण १८, आईतवार ११:५७
    6.6K
    SHARES
    संस्कृत शिक्षाका अग्रदूत ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट, गुल्मीबाट पहिलो पटक राष्ट्रिय गौरवको पहिचान

    काठमाडौं, १८ साउन । शिक्षा, संस्कार र संस्कृतिको निरन्तर सेवामा समर्पित व्यक्तित्व, गुल्मी धुर्कोटका स्व. पण्डित ऋषिराम पन्थीको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले रु. १० अंकित हुलाक टिकट सार्वजनिक गरेको छ।

    शुक्रबार बबरमहलस्थित हुलाक सेवा विभागमा आयोजित विशेष समारोहमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टाँचा लगाई उक्त टिकट सार्वजनिक गर्नुभयो।

    स्व. पन्थी गुल्मीबाट यति उच्च सम्मान प्राप्त गर्ने पहिलो व्यक्तित्वसमेत हुनुहुन्छ । उहाँले १९७० सालमा बागलुङबाट आफ्नो शिक्षक जीवन प्रारम्भ गर्नुभएको थियो भने १९८१ मा पश्चिम गुल्मीमा पहिलोपटक संस्कृत शिक्षा पाठशाला स्थापना गरी संस्कृत शिक्षाको उज्यालो बिउ रोप्नुभएको थियो।

    सरल जीवन र उच्च विचार बोकेका पन्थी जीवनभर संस्कार, राष्ट्रिय चेतना र शिक्षाको उन्नयनमा समर्पित रहनुभयो। उहाँको योगदान केवल शिक्षामा सीमित थिएन, त्यसले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन निम्त्यायो।

    २०२९ सालमा उहाँले देह त्याग गर्नुभए पनि आज उहाँको स्मृति राष्ट्रले औपचारिक रूपमा मान्यता दिएको छ। जारी गरिएको हुलाक टिकट सम्पूर्ण देशभर वितरणमा आउनेछ। यो टिकट भावी पुस्ताका लागि संस्कृत शिक्षाको मूल्य र योगदानप्रति प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।

    समारोहमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल लगायत शिक्षाप्रेमी ,समाजसेवीको उपस्थिति रहेको थियो ।



    lumbinisanjal   
  • २०८२ श्रावण १८, आईतवार ११:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP