• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    देशभर मनसुनी वायु सक्रिय, चार प्रदेशमा भारी वर्षा

    • lumbinisanjal
    • २०८२ असार ८, आईतवार ११:१२
    2.8K
    SHARES
    देशभर मनसुनी वायु सक्रिय, चार प्रदेशमा भारी वर्षा

    काठमाडौं,०८ असार  । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अहिले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित विभिन्न स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र देशका पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको चेतावनी दिइएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको छ।

    आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ।

    मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा सम्भावित भएकाले नदीमा जलसतह बढ्ने, बाढी आउन सक्ने, पहिरो र भूक्षयको जोखिम रहेको उल्लेख गर्दै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।



    lumbinisanjal   
  • २०८२ असार ८, आईतवार ११:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP