• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १५:५२
    4.8K
    SHARES
    विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

    काठमाडौं,६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन सहमति जुटेको छ ।

    सोमबार र मङ्गलबार दुई चरणमा भएको वार्तापछि काङ्ग्रेस सभापति देउवाको प्रस्तावमा पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री ओली तयार भएका हुन् ।

    दुई दलबीच लामो रस्साकस्सीपछि अब राष्ट्र बैंकले रिक्त भएको डेढ महिना गुजारेर नयाँ गभर्नर पाउने भएको हो ।गभर्नर नियुक्ति भागबण्डालाई लिएर प्रधानमन्त्री ‌ओली नकारात्मक हुँदा प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेस भड्किएको थियो । सोमबार भएको वार्तामा प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव नमानेपछि देउवा रिसाएका थिए ।

    त्यसपछि मङ्गलबार दुई नेताबीच भएको वार्ताबाट गभर्नरमा पौडेलको नाम स्वीकृत भएको हो । पौडेलको नाममा सहमति भएपछि प्रधानमन्त्री ओलीले बेलुकी ५:३० बजे बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका छन्‌ ।

    उता; उपप्रधान तथा अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक पनि मङ्गलबार दिउँसो बस्दैछ । उक्त बैठकले गभर्नरका लागि पौडेलसहित तीनजनाको नाम सिफारिस गर्दैछ ।

    गभर्नर हुन लागेका पौडेल २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद ढकालसँग चितवन क्षेत्र नम्बर १ मा पराजित भएका थिए ।

    पौडेललाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत बनाएका थिए । त्यसअघि पनि पौडेल काङ्ग्रेसकै निगाहमा आयोग सदस्य भएका थिए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १५:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP