• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मिलनचोकमा रहेको यामाहा शोरुम अव कालिकानगरमा

    • lumbinisanjal
    • २०८२ बैशाख २५, बिहीबार १०:११
    2.2K
    SHARES
    मिलनचोकमा रहेको यामाहा शोरुम अव कालिकानगरमा

    बुटवल , २५ बैशाख । यामाहा नेपालको मिलनचोक बुटवलमा रहेको स्वोरुम बुटवलको कालिकानगरमा शुभारम्भ भएको छ । शुभारम्भ भएसंगै “यमाहा ब्लू फेस्ट” कार्यक्रम अन्तर्गत नयाँ बाइक किन्न चाहने र पुरानो बाइक साट्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै थुप्रै आकर्षक अफर पनि बजारमा ल्याएको छ।

    नयाँ स्थानमा शोरुम र सर्भिस सेन्टर एउटै भवनभित्र, व्यवस्थित रूपमा सेवा सुरु गरिएको छ। सुबिदाजनक पहुँच र एकै ठाउँबाट सम्पूर्ण सेवा पाइने व्यवस्थाले ग्राहक सन्तुष्टि झनै बढाएको छ।

    सोहि स्वरुमका संचालक पुरन अधिकारीका अनुसार ग्राहकले कुनै पनि ब्रान्डको, कुनै पनि मोडलको बाइक साट्न सक्ने सुविधा पाउनेछन्। चाहे त्यो यामाहा होस् या अन्य ब्रान्ड, सवारी साधनको अवस्था हेरेर मूल्याङ्कन गरिनेछ ।यामाहाको कुनै पनि नयाँ बाइक वा स्कुटर खरिद गर्दा, उपभोक्ताले आफ्नो पुरानो बाइकको न्यूनतम रु ५०,००० मूल्याङ्कन पाउनेछन्।

    अन्य कुनै पनि ब्रान्डको बाइक ल्याउने ग्राहकका लागि पनि न्यूनतम रु २५,००० मूल्याङ्कन उपलब्ध गराइएको छ। यद्यपि, यस अफरमा सहभागी हुन ट्याक्स क्लियरेन्स अनिवार्य छ — जुन नेपालमा सवारी साधन खरिदरबिक्रीका लागि कानुनी आवश्यकता मध्येको एक हो।

    पुरानो बाइक साट्दा ग्राहकले नियमित मूल्याङ्कन बाहेक थप रु १०,००० बोनस प्राप्त गर्नेछन्। यसले ग्राहकलाई थप प्रेरणा दिनेछ कि उनीहरू आफ्नो पुरानो सवारी सहज रूपमा नयाँ र स्टाइलिस यामाहामा अपग्रेड गर्न सकून्।

    यामाहाले वित्तीय पहुँच सहज बनाउनका लागि विशेष फाइनान्स योजना ल्याएको छ। अब ग्राहकले ग्यारेन्टर बिना नै न्यूनतम ७।९९५ व्याजदरमा फाइनान्स सुविधा पाउन सक्नेछन्। यो सुविधा विशेषगरी विद्यार्थी, युवा व्यवसायी तथा पहिलोपटक बाइक खरिद गर्न चाहनेहरूको लागि उपयुक्त मानिएको छ।

    एरिया सेल्स म्यनेजर युवराज आचार्यका अनुसार ‘थ्रिल अफ थ्री’ नामक विशेष प्रोमोशन अफर अन्तर्गत, ग्राहकले सधैँभन्दा फरक तरिकाले सहभागिता जनाई पुरस्कार जित्न सक्छन्। तीनवटा चरणमा आधारित यस योजनाले ग्राहकको सञ्जाल, सहभागिता र खरीद निर्णयलाई अर्थपूर्ण रूपमा सम्मान गर्छ। विज्ञापन सेयर गरी रु १,००० जित्ने मौकास् यामाहाको ‘थ्रिल अफ थ्री’ विज्ञापन सामाजिक सञ्जालमा सेयर गर्दा सहभागीले तुरुन्तै रु १,००० नगद जित्न सक्छन् । स्क्रिनसट देखाएर रु ५०,००० सम्म छुट त्यही विज्ञापनको स्क्रिनसट लिएर ब्लू फेस्टमा सहभागी हुँदा ग्राहकले रु ५०,००० सम्म नगद छुट जित्ने अवसर पाउनेछन्।  यामाहा खरिद गर्दा रु १,००,००० सम्म नगद छुटस् अन्ततः, यामाहाको कुनै पनि सवारी खरिद गर्दा रु। १ लाखसम्म नगद छुट प्राप्त गर्ने अवसर पनि खुला गरिएको छ।

    संचालन पुरन अधिकारीका अनुसार यामाहा ब्लू फेस्ट केवल व्यापारिक इभेन्ट होइन, यो एक उत्सव हो जहाँ राइडरहरू सवारी साधन परिवर्तन गर्नुका साथै नयाँ अनुभव, कला, र शैलीमा पनि सहभागी हुनेछन्।

    एमएडब्लू राइड्स अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले आफ्नो ब्राण्ड मूल्य “ एक्सट्रिम स्टाईल प्रोफमेन्स ” लाई बलियो बनाउँदै आएको छ। अत्याधुनिक प्रविधि, सन्तुलित डिजाइन र दक्ष सर्भिसिङ सिस्टमका कारण यामाहा नेपाल अहिले देशका सबैभन्दा भरपर्दा र विश्वसनीय दुई(पाङ्ग्रे सवारी साधन कम्पनीहरूमध्ये एक मानिन्छ।



    lumbinisanjal   
  • २०८२ बैशाख २५, बिहीबार १०:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP