• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट गुल्मी–रुपन्देही सम्पर्क विभाग गठन, अध्यक्षमा पोख्रेल

    • lumbinisanjal
    • २०८२ माघ ४, आईतवार २०:५५
    3.2K
    SHARES
    राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट गुल्मी–रुपन्देही सम्पर्क विभाग गठन, अध्यक्षमा पोख्रेल

    बुटवल, ०४ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुर्कोट गुल्मी–रुपन्देही सम्पर्क विभाग गठन गरिएको छ । हालै सम्पन्न भेलाले राजेन्द्र पोख्रेलको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    सम्पर्क विभागको उपसभापतिमा सन्त केसी, सचिवमा गोकर्ण पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा पूर्णबहादुर क्षेत्री, विष्णु प्रसाद घिमिरे, सुवास पाण्डे, लेखनाथ भण्डारी, गिताराम पन्थी, सरोज पन्थी र नरेश पोख्रेल रहेका छन् ।

    नव–निर्वाचित सभापति राजेन्द्र पोख्रेलले पार्टीलाई संगठनात्मक रूपमा अझ बलियो बनाउँदै आगामी निर्वाचनलाई केन्द्रमा राखेर जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले धुर्कोट क्षेत्रका मतदातासँग पार्टीको नीति, सिद्धान्त र एजेण्डालाई प्रभावकारी रूपमा जोड्दै रुपन्देहीमा रहेका गुल्मीवासीलाई एकताबद्ध गरिने बताए ।

    “राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक राजनीति र सुशासनको भरोसा बनेको छ,” सभापति पोख्रेलले भने, “आगामी चुनावमा संगठन सुदृढीकरण, सक्षम नेतृत्व विकास र जनआधारित अभियानमार्फत पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिनेछ।”

    उनले सम्पर्क विभागमार्फत संगठन विस्तार, मतदाता समन्वय र नेतृत्व निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारे ।



    lumbinisanjal   
  • २०८२ माघ ४, आईतवार २०:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP