• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    गीता पन्थीको सहयोगमा खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण

    • lumbinisanjal
    • २०८२ चैत्र १४, शनिबार १९:०५
    6.6K
    SHARES
    गीता पन्थीको सहयोगमा खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण

    बुटवल, १४ चैत । अष्ट्रेलियामा रहेकी अर्घाखाँचीकी गीता पन्थीले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गर्नुभएको छ।

    बुटवलस्थित बिपी कलर हाउसका सञ्चालक तथा उहाँका भतिज विशाल पन्थीमार्फत रेबत चिदी र संगम चिदीको परिवारलाई उक्त सहयोग प्रदान गरिएको विशाल पन्थीले जानकारी दिनुभयो।

    अर्घाखाँचीमा रहेको नेनाज फाउण्डेसनमार्फत विभिन्न संघ–संस्थामा सहयोग गर्दै आउनुभएकी पन्थीले सोही माध्यमबाट खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गर्नुभएको हो।

    यसका साथै उहाँले अर्घाखाँचीको मालारानी गाउँपालिकाको बाँगीस्थित शान्ति माध्यमिक विद्यालयमा प्रत्येक वर्ष २० जना विद्यार्थीलाई पुस्तकालय सामग्री उपलब्ध गराउँदै आउनुभएको छ।

    त्यसैगरी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अटिजम भएका बालबालिकालाई पढाउने विद्यालयका एक शिक्षकलाई विगत दुई वर्षदेखि तलब उपलब्ध गराउनुका साथै पाठ्यपुस्तक पनि निःशुल्क वितरण गर्दै आउनुभएको छ। अष्ट्रेलियामा रहेका श्रीमान नारायण पन्थीको सहयोगमा नेनाज फाउण्डेसन सञ्चालनमा रहेको बताइएको छ।

    कार्यक्रम लायन्स क्लब क्लस्टर प्रमुख बाबुराम खनालको प्रमुख आतिथ्य तथा बर्जर पेन्ट बुटवलका प्रमुख गणेश अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स क्लब शान्तीदिपका सदस्यहरू, विष्णु कुँवर, राजु कार्की तथा मोहन विक टोलका बासिन्दाको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ चैत्र १४, शनिबार १९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP