• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

    • lumbinisanjal
    • २०८२ चैत्र १३, शुक्रबार ०९:५३
    1K
    SHARES
    सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

    काठमाडौँ ,१३ चैत । नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाह छलफल गर्दैछन् ।

    बिहीबार राति छलफल गरेका नेताबीच नामलाई अन्तिम रूप दिन पुनः छलफल हुन लागेको हो । शुक्रबार दिउँसो १२ः३४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम राखिएकाले त्यसअघि नै १५ देखि १८ जना मन्त्रीको नाम टुङ्ग्याउन शीर्ष नेता छलफलमा जुटेका हुन् ।

    बिहीबार रातिको छलफलबाट तयार नाममा थप विमर्श आवश्यक भएको बालेन निकट स्रोतले जनाएको छ । बालेन सरकारको मन्त्रीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोविता गौतम, इन्दिरा रानामगर, सस्मित पोखरेल, सुनील लम्सालको नाम टुंगो लागे पनि अन्य नेताबारे छलफल जारी छ ।

    महिला, जनजाति, भूगोल र अन्य वर्ग पनि मिलाउनुपर्ने भएकाले त्यसमा छलफल भइरहेको रास्वपाका नेताको भनाइ छ ।

    १० बजे मन्त्रीको टुंगो लागेपछि मात्र नेताहरु प्रधानमन्त्रीको शपथमा सशभागी हुनेछन् । बिहीबार मात्र रास्वपाले बालेन्द्रलाई पार्टीको संसदीय दलको नेता सर्वसम्मत चयन गरेको हो



    lumbinisanjal   
  • २०८२ चैत्र १३, शुक्रबार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP