• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही–२ मा चुन्न पौडेलप्रति जेनजीको समर्थन बढ्दै

    • lumbinisanjal
    • २०८२ फाल्गुन ५, मंगलवार १८:४३
    3K
    SHARES
    रुपन्देही–२ मा चुन्न पौडेलप्रति जेनजीको समर्थन बढ्दै

    बुटवल, ०५ फागुन । रुपन्देही क्षेत्र नं. २ अन्तर्गत विद्यार्थी तथा जेनजी (Gen-Z) लक्षित भेला बुटवलस्थित मेरीगोल्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी तथा युवा सहभागी भएका थिए।

    भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार चुन्न प्रसाद पौडेलले पार्टीको वर्तमान अभियान, निर्वाचन तयारी तथा युवालाई निर्णय प्रक्रियामा सक्रिय सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए। उनले विद्यार्थी र युवा नेतृत्वको भूमिका अहिलेको राजनीतिक परिवेशमा झनै महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा सक्रिय सहभागिताका लागि आग्रह गरे।

    विद्यार्थी परिचालन संयोजक महेश शर्मा पौडेलले पार्टीका नीति तथा कार्यक्रम, विद्यार्थी संगठनसँगको समन्वय र स्थानीय तहको विकाससँग सम्बन्धित योजनाबारे जानकारी गराएका थिए।
    कार्यक्रम सञ्चालन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य असोक गौतमले गरेका थिए।

    निर्वाचन परिचालन समितिका सदस्य रोशन थापाले युवा र विद्यार्थीहरूलाई पार्टीको अभियानसँग प्रत्यक्ष जोड्ने तथा उनीहरूको धारणा सुन्ने वातावरण सिर्जना गर्नु प्राथमिकता रहेको बताए। यस्ता भेलामार्फत युवालाई सक्रिय र जिम्मेवार राजनीतिक भूमिकामा अघि बढाउने प्रयास जारी रहने उनले स्पष्ट पारे।
    भेलाले रुपन्देही–२ मा युवा तथा विद्यार्थी परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएका छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ५, मंगलवार १८:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP