• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘तिम्रो खेलौना होइन मेरो मुटु’ सार्वजनिक

    • lumbinisanjal
    • २०८२ पुष २४, बिहीबार २०:२५
    2.1K
    SHARES
    ‘तिम्रो खेलौना होइन मेरो मुटु’ सार्वजनिक

    बुटवल ,२४ पुस ।  प्रेमलाई क्षणिक रमाइलो होइन, जीवनको गहिरो अनुभूति ठान्ने भाव बोकेको नयाँ गीत ‘तिम्रो खेलौना होइन मेरो मुटु’ सार्वजनिक भएको छ। गीतकार बासुदेव पोखरेलको शब्दमा सजिएको यो गीतले प्रेम, विश्वास र समर्पणको कथा लोक–भावनासँग मिसाएर प्रस्तुत गरेको छ।

    गीतमा प्रेममा हुने भावनात्मक उतार–चढाव, भरोसा र पीडालाई पोखरेलले मार्मिक शब्दमा उतारेका छन्। बीपी भट्टको प्रस्तुति रहेको गीतमा प्रदीप विश्वकर्मा र करिश्मा मगरको सशक्त स्वरले प्रेमको कथा अझ जीवन्त बनाएको छ। संगीत रामचन्द्र चन्दले तयार पारेका हुन् भने एरेञ्ज पूर्ण सम्योगको रहेको छ।

    गीतको भिडियोले पनि प्रेमकथालाई प्रभावशाली ढंगले देखाएको छ। कलाकार जुना गुरुङ र गोरे थकालीको जीवन्त अभिनयले गीतको भावनालाई पर्दामा उतारेको छ। भिडियोको निर्देशन निशान एस.के.ले गरेका हुन्। छायांकन सुशील डाँगी, सम्पादन तथा रंग संयोजन दिपक भिस्टाले गरेका छन्।

    गीतको रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो। मिक्सिङ तथा मास्टरिङ खडक बजुरालीले गरेका छन् भने रेकर्डिस्ट सागर र डम्बर रहेका छन्। भोकल एडिट राजेन्द्र बजुरालीले गरेका हुन्। गीतका कार्यकारी निर्माता मन्जित पहाडी हुन्। मिडिया सपोर्ट बीजी मिडिया हाउस (भेगराज थापा)ले गरेको छ।

    यसअघि ‘तिमी जिउँदै मर्नेछौ’, ‘धोकेबाज’, ‘अन्तिम निर्णय’, ‘कठै पिरती’ जस्ता गीतमार्फत दर्शक–श्रोतामाझ परिचित पोखरेल प्रेम र जीवनका यथार्थ भावनालाई गीतमा उतार्ने गीतकारका रूपमा चिनिन्छन्। गीत–संगीतसँगै सञ्चार क्षेत्रमा पनि सक्रिय उनी एक अनुभवी सञ्चारकर्मीसमेत हुन्।

    नयाँ गीत ‘तिम्रो खेलौना होइन मेरो मुटु’ ले पनि प्रेमको मर्म बुझ्ने श्रोताको मन छुने अपेक्षा गरिएको छ।

    हेर्नुहोस भिडियो : 

     



    lumbinisanjal   
  • २०८२ पुष २४, बिहीबार २०:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP