• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

    • lumbinisanjal
    • २०८२ कार्तिक ४, मंगलवार ०९:४०
    1.6K
    SHARES
    राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

    काठमाडौँ , ४ कार्तिक । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्न लागेकी छन् । प्रधानमन्त्री कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी हुन्।

    आज अपराह्न प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा दलहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी छन् ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ४, मंगलवार ०९:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP