• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    दीप बोर्डिङ स्कुलको ४५औँ स्थापना दिवसमा ‘१३ औ दीप गायन तारा’ प्रतियोगिता हुँदै

    • lumbinisanjal
    • २०८२ माघ २९, बिहीबार १७:५१
    1.1K
    SHARES
    दीप बोर्डिङ स्कुलको ४५औँ स्थापना दिवसमा ‘१३ औ दीप गायन तारा’ प्रतियोगिता हुँदै

    बुटवल, २९ माघ । बुटवलको शैक्षिक इतिहासमा प्रतिष्ठित शैक्षिक संस्था दीप बोर्डिङ हाई स्कुलले आफ्नो स्थापनाको ४५औं वर्षगाँठ तथा वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरू सार्वजनिक गरेको छ। विद्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै ४५औं वार्षिकोत्सव र विद्यालयको चर्चित गायन प्रतियोगिता ‘दीप गायन तारा’ को १३औं संस्करणबारे विस्तृत जानकारी गराएको हो।

    ​कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले विगत ४५ वर्षदेखि विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको अतिरिक्त प्रतिभा प्रस्फुटनमा खेलेको भूमिकामाथि प्रकाश पार्नुभएको थियो।

    ​​’दीप गायन तारा’ र वार्षिकोत्सवका मुख्य आकर्षणहरूः
    ​पत्रकार सम्मेलनमा प्राचार्य टिकाराम न्यौपानेले दिएको जानकारी अनुसार यस वर्षको वार्षिकोत्सवलाई विशेष बनाउन निम्न कार्यक्रमहरू तय गरिएका छन्ः

    दीप गायन तारा (१३औं संस्करण): रुपन्देही जिल्लास्तरीय अन्तर मावि यस प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन्। फागुन १ गते प्रारम्भिक चरण र फागुन ४ गते अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट ५ जनालाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ।

    पूर्व विद्यार्थी भेलाः फागुन २ गते विद्यालयका पूर्व विद्यार्थीहरूको संगठन ((ADBEST) द्वारा वृहत भेला आयोजना गरिएको छ।
    रक्तदान कार्यक्रमः
    फागुन ४ गते सोमबार बिहान ८ देखि १० बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

    सम्मान कार्यक्रमः वार्षिकोत्सवको मूल समारोह (फागुन ५ गते) मा उत्कृष्ट योगदान पु¥याउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई विशेष सम्मान गरिनेछ।

    आकर्षक पुरस्कार राशिसहितको ’दीप गायन तारा’: यस वर्षको ’१३औँ दीप गायन तारा’ प्रतियोगिताको पुरस्कार राशिलाई विद्यालयले विशेष आकर्षक बनाएको छ। प्रतियोगिताका विजेताहरूले निम्न अनुसारको पुरस्कार प्राप्त गर्नेछन्ः
    प्रथम पुरस्कारः ५० हजार रुपैयाँ (नगद)
    द्वितीय पुरस्कारः ३० हजार रुपैयाँ (नगद)
    तृतीय पुरस्कारः २० हजार रुपैयाँ (नगद)
    सान्त्वना पुरस्कारः दुई जनालाई जनही ५–५ हजार रुपैयाँ

    शैक्षिक र सामाजिक योगदानः वि.सं. २०३७ सालमा स्थापित यस विद्यालयले विगत १३ वर्षदेखि जिल्लास्तरीय गायन प्रतिभा खोज्दै आएको छ। यद्यपि, कोरोना महामारीका कारण २०७७ र २०७८ सालमा यो प्रतियोगिता हुन सकेको थिएन। विद्यालयका सहायक प्राचार्य कलाधर अर्याल र कार्यक्रम संयोजक कृष्ण भुसालले “शिक्षा नै जीवनको ज्योति हो“ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै खेलकुद सप्ताह र बालप्रतिभा प्रदर्शन जस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिनुभयो।

    ​प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, हालसम्म अश्मिता चापागाईं, प्रिया भण्डारी, जुना गुरुङ लगायत १२ जना विद्यार्थीहरू ’दीप गायन तारा’ बन्न सफल भइसकेका छन्, जो हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा स्थापित छन्।

    ​प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय भित्रका मात्र नभई जिल्लाभरिका लुकेका प्रतिभाहरूलाई मञ्च प्रदान गर्नु रहेको विद्यालय प्रशासनले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ माघ २९, बिहीबार १७:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP