• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    आज स्ववियु निर्वाचन : ४६ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदै

    • lumbinisanjal
    • २०८१ चैत्र ५, मंगलवार ०३:०१
    2.9K
    SHARES
    आज स्ववियु निर्वाचन : ४६ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदै

    काठमाडाैं, ०५ चैत । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४६ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । धनकुटा बहुमुखी क्याम्पस, धनकुटा र महेन्द्र बहुमुखी क्याम्पस, दाङ र स्थगित १३ बाहेक ४६ मा निर्वाचन हुन लागेको हो । उपत्यकाको २२ मध्ये ६ वटा र बाहिर ४० मध्ये ६ वटामा निर्वाचन कार्यक्रम बिथोलिएको छ । उपत्यकाबाहिर मेची बहुमुखी महेन्द्र मोरङ क्याम्पस र डिग्री क्याम्पस विराटनगर, सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, कृषि क्याम्पस पक्लिहवा, भैरहवा बहुमुखी क्याम्पस, बुटवल बहुमुखी रारा बहुमुखी क्याम्पस जनकपुर र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा छन् ।

    नेविसंघभित्रको आन्तरिक विवाद, शेरबहादुर देउवा र शेखर कोइराला गुटको कारण केही क्याम्पसमा निर्वाचन बिथोलिएको थियो । उपत्यकामा भने सत्ताधारी नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी)ले ताला लगाएका कारण निर्वाचन रोकिएको हो । उपत्यकामा मनोनयन गर्ने दिन त्रिवि केन्द्रीय र पद्मकन्या क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया शुरू हुन सकेको थिएन । पछि आन्तरिक द्वन्द्वका कारण नेविसंघका शेखर पक्षका उम्मेदवारले विभिन्न क्याम्पसमा ताला लगाएका छन् । जसले गर्दा त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन सकेन । केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।

    यसैबीच निर्वाचन केन्द्रीय समितिले स्थगित भएका सबै क्याम्पसमा २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने जनाएको छ । समितिले सूचना जारी गरी तत्काल निर्वाचन कार्यक्रम गर्न निर्देशन दिएको हो । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राडा पशुपति अधिकारीले चैत २० गतेसम्म निर्वाचन नभए स्ववियु रहने वा नरहने भन्ने कानुनी प्रश्न आउने जिकिर गर्दै भन्नुभयो– ‘निर्वाचन नभएका क्याम्पसले २० गतेभित्र निर्वाचन प्रक्रिया थाल्नै पर्नेछ ।’ उहाँका अनुसार प्रक्रिया शुरू भएका क्याम्पसमा ५ गते निर्वाचन हुनेछ । बाँकी १३ वटाले २० गतेभित्र निर्वाचन गरिसक्नुपर्नेछ ।



    lumbinisanjal   
  • २०८१ चैत्र ५, मंगलवार ०३:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP