• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिका र आँखा उपचार केन्द्र गुल्मीबीच महत्वपूर्ण सम्झौता

    • lumbinisanjal
    • २०८२ मंसिर १५, सोमबार १२:२४
    4.3K
    SHARES
    धुर्कोट गाउँपालिका र आँखा उपचार केन्द्र गुल्मीबीच महत्वपूर्ण सम्झौता

    बुटवल, १५ मंसिर। नेपाल नेत्र ज्योति संघ, आँखा उपचार केन्द्र गुल्मी र धुर्कोट गाउँपालिका बीच स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले महत्वपूर्ण सम्झौता भएको छ।

    सम्झौता अनुसार हरेक महिनाको पहिलो शनिवार आँखा उपचार केन्द्र गुल्मीको टोलीले धुर्कोट आधारभूत अस्पताल, धुर्कोट–६ काफलपानीमा नि:शुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेछ।

    त्यसैगरी, हरेक महिनाको ११ गते आँखा उपचार केन्द्र तम्घास, गुल्मीमा गरिने मोतियाबिन्दुको अपरेसनमा लाग्ने प्रति व्यक्ति रु ७,००० बराबरको अपरेसन शुल्क धुर्कोट गाउँपालिकाले आफ्ना नागरिकका लागि एकमुष्ट रूपमा बुझाइदिने व्यवस्था समेत सम्झौतामा समावेश गरिएको छ।

    धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले यो सम्झौता गाउँवासीका लागि अत्यन्तै उपयोगी हुने बताउँदै स्वास्थ्य सेवामा पहुँच बढाउन यो कदम महत्वपूर्ण बनेको टिप्पणी गर्नुभयो।

    त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष सिता गिरिले ग्रामीण भेगमा आँखा सम्बन्धी समस्या धेरै देखिने भएकाले नियमित शिविरले उपचार सुविधामा ठूलो सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

    सम्झौतालाई कार्यान्वयनमा लैजान प्रशासनिक पक्षबाट सबै समन्वय गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले प्रतिबद्धता जनाउनुभयो।



    lumbinisanjal   
  • २०८२ मंसिर १५, सोमबार १२:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP