• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रूपन्देहीको कञ्चनमा रहस्यमय हत्या, नालीमा भेटियो १८ वर्षीय किशोरको शव

    • lumbinisanjal
    • २०८२ पुष ४, शुक्रबार ०९:५४
    2.7K
    SHARES
    रूपन्देहीको कञ्चनमा रहस्यमय हत्या, नालीमा भेटियो १८ वर्षीय किशोरको शव

    रूपन्देही, ०४ पुस । रूपन्देहीको कञ्चन गाउँपालिकामा एक किशोरको रहस्यमय हत्या भएको छ। घर नजिकैको नालीमा विभत्स अवस्थामा शव फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

    तीन दिनदेखि सम्पर्कविहीन रहेका कञ्चन गाउँपालिका–४, धौलागिरीचोक निवासी १८ वर्षीय स्मिथ शर्माको शव हिजो बिहिबार साँझ करिब ७ बजे आफ्नै घर नजिकको नालीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

    प्रहरीका अनुसार किशोरको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न भएको आशंकामा कञ्चनका ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र हत्यामा संलग्नलाई यथाशीघ्र पहिचान गरी कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। यसैबीच, दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीहरू इलाका प्रहरी कार्यालय रूपन्देही पुग्ने तयारीमा रहेका छन्।

    घटनाले शान्त मानिने कञ्चन क्षेत्रमा गम्भीर सुरक्षा चासो उत्पन्न गराएको छ।



    lumbinisanjal   
  • २०८२ पुष ४, शुक्रबार ०९:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP