• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेश कार्यसमिति गठन, अध्यक्षमा गोविन्द भुसाल

    • lumbinisanjal
    • २०८२ मंसिर २८, आईतवार १२:१८
    2.1K
    SHARES
    राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेश कार्यसमिति गठन, अध्यक्षमा गोविन्द भुसाल

    बुटवल, २८ मंसिर । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति गठन गरिएको छ। सम्पन्न प्रदेश भेलाबाट गोविन्द प्रसाद भुसाल सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको छ।

    नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिता खत्री, उपाध्यक्षमा नवराज पाण्डे, सचिवमा दीपक नेपाली, सह–सचिवमा विराट पहारी चयन हुनुभएको छ। त्यस्तै, कोषाध्यक्षमा बसन्त लम्साल र सह–कोषाध्यक्षमा मनिसा बस्याल चयन हुनुभएको छ।

    कार्यसमितिको प्रवक्तामा सुवास बी.सी., महिला विभाग प्रमुखमा रिया बस्नेत, प्रचार–प्रसार प्रमुखमा सुदीप गौतम तथा प्रचार–प्रसार सचिवमा विवेक रायमाझी चयन हुनुभएको छ। सदस्यहरूमा ऋषि वाग्ले, ओमप्रकाश गुप्ता, विनोद निगम र वीरेन्द्र गिरी रहनुभएको छ।

    “नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रचार–प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार तथा सञ्चारकर्मीहरूको हक–हित सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ सम्पन्न उक्त भेलामा संगठनको वर्तमान अवस्था, भावी कार्यदिशा तथा संगठनलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा गहन छलफल गरिएको थियो।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज तुलसिंह रनपछाईको उपस्थिति रहेको थियो। साथै विशिष्ट अतिथिका रूपमा नारायण बी.पी. परियार लगायत प्रदेश तथा जिल्लाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



    lumbinisanjal   
  • २०८२ मंसिर २८, आईतवार १२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP