• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    अपेक्षा र खुमनको तीज गीत ‘रेलीमै घुमाम्ला फिरम्ला’ सार्वजनिक

    • lumbinisanjal
    • २०८३ भाद्र ३, बुधबार १३:५०
    182
    SHARES
    अपेक्षा र खुमनको तीज गीत ‘रेलीमै घुमाम्ला फिरम्ला’ सार्वजनिक

    बुटवल । तीज पर्व नजिकिँदै गर्दा तीज ‘रेलीमै घुमाम्ला फिराम्ला’ सार्वजनिक गरिएको छ । मौलिक नेपाली संस्कृति, तीजको उल्लास तथा आन्तरिक पर्यटन प्रवर्द्धनलाई एकै सूत्रमा बाँध्ने उद्देश्यका साथ तयार गरिएको गीतमा खुमन अधिकारी, रमेशराज भण्डारी र अपेक्षा गिरीको स्वर छ ।

    गीतमा वासुदेव पोखरेलको शब्द तथा रमेशराज भण्डारीको सङ्गीत रहेको छ। गीतको म्युजिक भिडियो निशान बानियाले निर्देशन गरेका हुन् । भिडियोमा ममता राना मगर, कैलाश कठायत, सन्तोष थापा र गङ्गा बोहराको अभिनय देख्न सकिन्छ ।

    गीतका शब्दमा गुल्मीको धुर्कोट दरबार र रेसुङ्गा, बाग्लुङ कालिका, ढोरपाटन, पोखरा, चितवन, इलाम, काठमाडौँ लगायत नेपालका चर्चित पर्यटकीय स्थल समेटिएका छन् ।

    ‘घुमाम्ला, फिराम्ला र नेपाल चिनाम्ला’ भन्ने भावमार्फत देशभित्रकै पर्यटनलाई प्रोत्साहन गर्दै नेपाली मौलिक संस्कृति, पहिचान र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने सन्देश गीतले दिएको छ ।

    हेर्नुहोस :

     



    lumbinisanjal   
  • २०८३ भाद्र ३, बुधबार १३:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP