• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

    • lumbinisanjal
    • २०८२ पुष १४, सोमबार १६:४०
    7.9K
    SHARES
    गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा  ‘मुटु जलिजलि’ सार्वजनिक

    बुटवल, १४ पुस । गुल्मीका उदयमान गायक तथा संगीतकार कृष्ण खनाल र चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘मुटु जलिजलि’ सार्वजनिक गरिएको छ। भावनात्मक प्रेमकथामा आधारित यस गीतले सार्वजनिक भएसँगै अनलाइन प्लेटफर्ममा राम्रो प्रतिक्रिया पाउन थालेको छ।

    गीतको भिडियो लोकप्रिय मोडल तथा निर्देशक आशिर प्रताप जंगले निर्देशन गरेका हुन्। जंगकै निर्देशनमा तयार गरिएको भिडियोमा स्वयं आशिर प्रताप जंगसँगै आयुष्मा कार्की र खेम्स पोखरेलको अभिनय देख्न सकिन्छ। गीतको भाव र कथावस्तुलाई जीवन्त बनाउने गरी निर्देशन गरिएको भिडियो पक्षलाई दर्शकले मन पराएका छन्।

    गीतका शब्द तथा संगीत कृष्ण खनालकै सिर्जना हुन् भने संगीत संयोजन कृष्ण भञ्जाले गरेका छन्। गीतमा हेमन्त कान्छा रसाइलीको सरंगी वादन रहेको छ। अडियो मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका हुन् भने गीत शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।

    गीतको अडियो तथा भिडियो निर्माण लक खनाल र स्टार खनालले गरेका छन्। भिडियो छायांकन महेश महरा तथा टिमले गरेका हुन् भने सम्पादन तथा कलर दिपक बिष्टले गरेका छन्। प्राविधिक सहयोगसमेत निर्देशक आशिर प्रताप जंगकै रहेको छ। यो गित कृष्ण खनालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    शब्द, संगीत र दृश्य संयोजनको सन्तुलित प्रस्तुतिले ‘मुटु जलिजलि’ नेपाली गीतलाई अझ प्रभावशाली बनाएको छ। गुल्मीबाट राष्ट्रिय संगीत क्षेत्रमा निरन्तर उदाउँदै गरेका कृष्ण खनाल र निर्देशक आशिर प्रताप जंगको यो सहकार्यलाई आगामी दिनमा पनि उल्लेखनीय सिर्जनाका रूपमा हेरिएको छ।

    हेर्नुहोस :



    lumbinisanjal   
  • २०८२ पुष १४, सोमबार १६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP