• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    देवीनगरमा ‘बुटवल महामेला’ : ५ लाख दर्शक भित्र्याउने लक्ष्य

    • lumbinisanjal
    • २०८२ फाल्गुन ३०, शनिबार ००:०४
    2.7K
    SHARES
    देवीनगरमा ‘बुटवल महामेला’ : ५ लाख दर्शक भित्र्याउने लक्ष्य

    बुटवल, २९ फागुन। बुटवलमा सांस्कृतिक, मनोरञ्जना र व्यवसायीक गतिविधिलाई एकसाथ जोड्ने उद्देश्यसहित ‘बुटवल महामेला’ आयोजना हुने भएको छ। फर्वार्ड नेपाल मल्टिप्रपोजको आयोजनामा यही चैत १ गतेदेखि २४ गतेसम्म बुटवलको देवीनगर रंगशालामा महामेला सञ्चालन हुने आयोजकले जनाएको छ।

    मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, जलपरी कपल डान्स, टिकटक प्रतियोगिता, डान्स प्रतियोगिता, ब्रुज खलिफा संरचनाको आकर्षक प्रदर्शनी तथा लुम्बिनीको प्रतिमा सहितको विशेष सचिवालय जस्ता विविध मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ।

    आयोजक संस्थाका अध्यक्ष गोविन्द प्रसाद भुसालका अनुसार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका हुन्।

    महामेलामा करिब ५ लाख दर्शकले अवलोकन गर्ने तथा करिब ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

    फर्वार्ड नेपाल मल्टिप्रपोजले यसअघि पनि रुपन्देही लगायत आसपासका जिल्लामा विभिन्न मेला तथा महोत्सव आयोजना गर्दै आएको छ। यसपटकको ‘बुटवल महामेला’ले स्थानीय व्यापार, पर्यटन र सांस्कृतिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास आयोजकको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ३०, शनिबार ००:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP