• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री ओलीले आज संसद बैठकमा सम्बोधन गर्ने

    • lumbinisanjal
    • २०८२ बैशाख १२, शुक्रबार १०:२२
    2.1K
    SHARES
    प्रधानमन्त्री ओलीले आज संसद बैठकमा सम्बोधन गर्ने

    काठमाडौं ,१२ बैशाख ।  संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो। अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

    एमालेका प्रमुख सचेतक महेश बर्तौलाले समग्र देशको परिस्थिति र संसदको जिम्मेवारीबारे सरकारको धारणा राख्नेछन्। बर्तौलाका अनुसार आज बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ।

    उनले विद्यालय शिक्षा विधेयकमा सदन पेश हुने बित्तिकै पारित गर्ने विषयमा सहमति भएको जानकारी दिए। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै लामो समयदेखि शिक्षक आन्दोलनमा रहेका छन् भने कर्मचारीहरुले पनि आन्दोलनको तयारी गरेका छन्। सरकारले बजेट अधिवेशनमा ऐन पारित गर्ने प्रतिबद्धता जनाएको छ। प्रतिनिधिसभाको यस अधिवेशनमा सार्वजनिक बिदाका दिन बाहेक अन्य सबै दिन बैठक सञ्चालन गर्ने कार्यतालिका प्रस्ताव भएको छ। संसदको हिउँदे अधिवेशन गत चैत १८ मा अन्त्य भएको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख १२, शुक्रबार १०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP