• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमा गोल्ड कप : रुपन्देही ११ लाई हराउँदै एपीएफको विजय सुरुवात

    • lumbinisanjal
    • २०८१ चैत्र १०, आईतवार ०३:२१
    3.1K
    SHARES
    तिलोत्तमा गोल्ड कप : रुपन्देही ११ लाई हराउँदै एपीएफको विजय सुरुवात

    बुटवल, १० चैत । २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखी शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा शुरु भएको उद्घाटन खेलको पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले १–० गोलको अग्रतामा जित निकालेको छ ।

    निक्कै प्रतिस्प्रर्धात्मक खेलमा १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा राम्रो अवसरहरु गुमाएको आयोजक करेन्ट रुपन्देही –११ खेलमा दबाबमा रहेको थियो । दोस्रो हाफ शुरु भएसंगै हावाहुरी चलेपछि खेल रोकियो । लामोसमय मौसम प्रतिकुल भएपछि खेल स्थगित गर्ने निर्णय भएको संघका अध्यक्ष लोक पुनले बताए । बाकी खेल आज बिहान ८ बजे बाट सुरु भयो तर रुपन्देही ११ हिजोकै अवस्थामा सिमित रह्यो । दिउसो दिउसो चर्च ब्याईज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लब, काठमाण्डौका बिचमा हुने छ ।

     



    lumbinisanjal   
  • २०८१ चैत्र १०, आईतवार ०३:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP