• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र यूएई भिड्दै

    • lumbinisanjal
    • २०८२ कार्तिक १९, बुधबार ०९:२९
    2.2K
    SHARES
    आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र यूएई भिड्दै

    काठमाडौं ,१९ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।

    नेपाली समयअनुसार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।

    अमेरिका, नेपाल र यूएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छ भने यूएई एक खेलमा विजयी भएको छ ।

    नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत छन् । रासस



    lumbinisanjal   
  • २०८२ कार्तिक १९, बुधबार ०९:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP