• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    ९ बर्षिय क्रिकेटर अनमोल बाबु, जस्ले गर्दैछन् बिसिए च्यालेन्जर्सको कप्तानी

    • lumbinisanjal
    • २०८२ बैशाख ३, बुधबार १०:१३
    11.8K
    SHARES
    ९ बर्षिय क्रिकेटर अनमोल बाबु, जस्ले गर्दैछन् बिसिए च्यालेन्जर्सको कप्तानी

    बुटवल , ३ बैशाख । नयाँ बर्षको सुरुवातसंगै बुटवल क्रिकेट एकेडेमीको आयोजनामा २०८२ बैशाख ३ गतेदेखि यु-१३ बिसिए प्रिमिएर लिग सञ्चालन हुँदैछ ।तिलोत्तमा स्थित ज्योतिनगर क्रिकेट मैदानमा हुने खेलमा दुई टिमको सहभागिता रहनेछ । बिसिए च्यालेन्जरको कप्तानको जिम्मेवारी ९ बर्षीय खेलाडी अनमोलबाबु भण्डारीले सम्हालेका छन्।

    क्रिकेटमा औधी रुचि राख्ने अनमोल सात बर्षको उमेर देखि नै क्रिकेट खेल्दै आएको र क्रिकेट सिक्न निरन्तर मिहिनेत गर्दै आएको बताउँछन् । नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान लेग स्पीनर सन्दिप लामिछानेबाट प्रभावित भइ क्रिकेटमा पाईला चाल्दै गरेका भण्डारी पनि लेग स्पिनर हुन्। उनको खेल प्रतिभा उत्कृष्ट रहेको र यही तवरले मेहेनत गर्दै गएमा उनी भबिस्यमा राम्रो खेलाडीको रुपमा अगाडी आउने एकेडेमीका प्रशिक्षक बताउँछन् ।

    बिसिए प्रिमिएर लिग सञ्चालनकालागि बुटवल क्रिकेट एकेडेमीको आयोजनामा चैत्र ३० गते एक समारोहका बिच ३५ जना खेलाडीहरुलाई ए, बि र सी ग्रेडमा विभाजन गरी ग्राण्ड अक्सन मार्फत् बिसिए वारियर्स र विसिए च्यालेन्जर्स गरि २ वटा टिमले न्युनतम २०० देखि अधिकतम २००० रुपैयाँसम्ममा खरिद गरेका थिए ।

    बैशाख ३ गते हुने उद्घाटन खेलमा उक्त २ टोलीका खेलाडीहरु आमने-सामने हुँदैछन् । बिसिए वारियर्सको कप्तानी निष्कर्ष आचार्यले गर्दैछन्। यो उमेरसमुहका खेलाडीलाई खेल अनुशासन तथा संस्कार सिकाउदै उपयुक्त प्लेटफर्म र उत्प्रेरणा प्रदान गरी खेलक्षेत्रमा लाग्नका लागि अभिप्रेरित गर्ने उद्वेश्यका साथ बिसिए प्रिमिएर लिग सञ्चालन गर्न लागेको र लिग आधारमा ३०/३० ओभरको खेल खेलाइने बुटवल कृकेट एकेडेमीका हेडकोच घनश्याम थारुले बताए ।



    lumbinisanjal   
  • २०८२ बैशाख ३, बुधबार १०:१३
  • #cricketer anmol babu bhandari

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP