• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    भारतीय च्याम्पियनलाई नकआउट गर्दै रविन्द्र ढाँटले एमएफएन बेल्ट जिते

    • lumbinisanjal
    • २०८२ श्रावण १८, आईतवार ०९:५४
    4.3K
    SHARES
    भारतीय च्याम्पियनलाई नकआउट गर्दै रविन्द्र ढाँटले एमएफएन बेल्ट जिते

    काठमाडौं, १८ साउन । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको प्रतिष्ठित म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेन्ग कोरेनलाई पराजित गर्दै बान्तमवेट श्रेणीको बेल्ट जितेका छन् ।

    भारतको नोएडामा हिजो सम्पन्न खेलमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा लेखाएका हुन् । यो विजयसँगै ढाँटको व्यावसायिक एमएमए करिअरमा यो नवौं जित हो ।

    जितपछि ढाँटले आफ्नो सफलता आफ्ना प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन् । दिविज नेपाली एमएमएको संस्थापक पुस्ताका अग्रणी मानिन्छन् । उनी नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी) का संस्थापक समेत हुन् । ढाँटको प्रतिभा यही एनडब्लुसीमार्फत उजागर भएको थियो ।



    lumbinisanjal   
  • २०८२ श्रावण १८, आईतवार ०९:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP