• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

    • lumbinisanjal
    • २०८२ चैत्र २, सोमबार १०:२२
    936
    SHARES
    सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

    काठमाडौँ ,२ चैत । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा आफू निर्वाचित हुन नसके पनि देशको समृद्धिका लागि आफ्नो भूमिका जारी रहने बताएका छन्। रास्वपाबाट समानुपातिक सूचीमा रहेका मल्लले क्रिकेटको उदाहरण दिँदै देशको हित नै सर्वोपरि भएको धारणा राखेका हुन्।

    सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राख्दै उनले भनेका छन्, “क्रिकेटबाट मैले सिकेको कुरा- मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन।” उनले खेल व्यक्तिगत रेकर्डका लागि नभई टिमको जितका लागि खेलिने उल्लेख गर्दै राजनीतिमा पनि सोही मर्म लागू हुनुपर्नेमा जोड दिएका छन्।

    नवनिर्वाचित सांसदलाई सफल कार्यकालको शुभकामना दिँदै मल्लले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एकढिक्का भएर काम गर्न आग्रह गरेका छन्। उनले निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै आफूलाई अवसर दिने रास्वपा परिवार, कुमार पौडेल र बालेन शाहप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

    “म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु,” मल्लले भनेका छन्, “किनकि अन्त्यमा, व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठुलो कुरा हो।”



    lumbinisanjal   
  • २०८२ चैत्र २, सोमबार १०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP